नियम १२०
अन्य समिति वा कार्यदल गठन गर्न सक्ने
(१) यस परिच्छेदमा रहेका समितिका अतिरिक्त  प्रधान न्यायाधीशले ऐन नियम पुनरावलोकन, बाल न्याय, न्यायमा पहुँच, कानूनी शिक्षा जस्ता विषयहरूमा आवश्यकता अनुसार विषयगत समिति वा कार्यदल वा सो सरहका आयोग गठन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम गठन हुने समिति वा कार्यदल वा आयोगमा रहने सदस्य र काम, कर्तव्य, अधिकार तथा कार्यावधि त्यस्तो समिति, कार्यदल वा आयोग गठन गर्दाका बखत तोकिनेछ ।